• nepalsij@gmail.com
  • Home
  • About Us
    • About us
    • Objectives
    • Past President
    • Member List
    • Code of Conduct
  • Executive Committee
  • News & Events
  • Collaboration
    • Government Organization
    • Non Government Organization
    • Private Organization
  • Publication
    • Study Report
    • Series
    • Books & Journals
  • Multimedia
    • Photo
    • Video
  • Contact us

About SIJ-Nepal

Society of infrastructure Journalists- Nepal (SIJ-Nepal) is an umbrella organization for infrastructure journalists. SIJ was founded in 2078 B.S. with the goal of improving the capacity, efficiency, knowledge, and skills of infrastructure journalists.

Latest News

  • नेपाल पूर्वाधार पत्रकार समाजको नयाँ नेतृत्व चयन
  • माननीय जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्री पम्फा भुसाल ज्यू,संग भेटघाट
  • माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री ज्यू, सँग भेटघाट
  • पूर्वाधार रिसर्च फेलोशिपआह्वान सम्बन्धी सूचना

Contact Us

  • 4400000
  • Kathmandu, Nepal
  • nepalsij@gmail.com

© Copyright All Rights Reserved

पूर्वाधार रिसर्च फेलोशिप आह्वान सम्बन्धी सूचना

नेपाल पूर्वाधार पत्रकार समाजले पोलिसी ईन्टरप्रेनेर्स इंक -पी=ई=आई=_ को सहयोगमा ‘मिडिया क्यापासिटी डेभलेपमेन्ट’ कार्यक्रम अन्तर्गत पूर्वाधार पत्रकारहरुको लागि पूर्वाधार रिसर्च फेलोशिपको आह्वान गरेको छ । यस अनुसार वातावरण, सुशासन, लैंगिक समता र समावेशीतालाई केन्द्रित गरेर विभिन्न पूर्वाधार परियोजनाहरुको विस्तृत सामाग्री तयारीका लागि यो फेलोशिप प्रदान गर्न लागिएको हो । यी विषयमा पी=ई=आई=सँगै सहकार्य गरी फिल्डमै पुगेर अडियो र भिडियोसहित सामाग्री तयार गर्नुपर्नेछ । तयार गरिएको सामाग्री तपाई आवद्ध मिडियामा प्रकाशन÷प्रशारण गर्नुपर्नेछ । अडियो र भिडियोका लागि तपाईलाई प्राविधिक सहयोग उपलब्ध हुनेछ ।

कार्यक्रम अन्र्तगत २०८० जेठ ५ गते काठमाडौंमा ‘इन्फ्रास्ट्रक्चर गर्भनेन्सः ओरिएण्टेशन फर जर्नालिष्ट्स’ विषयमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएकामध्ये समावेशीतालाई आधार बनाएर जुरी कमिटीले चार जना पूर्वाधार पत्रकारहरुलाई छनोट गर्नेछ । छनोट भएका पूर्वाधार पत्रकारले जनही एक लाख रुर्पैयाँ रिसर्च फेलोशिपवापत प्राप्त गर्नेछन् । आगामी १० दिन (२०८० जेठ २५ देखि असार २ गते) भित्र प्रस्ताव पेश गर्न कार्यक्रममा सहभागी सबै पत्रकारहरुलाई आह्वान गरिन्छ ।

प्रस्तावको ढाँचा र स्वरुप

१. तपाईले प्रस्ताव गर्न खोजेको पूर्वाधार क्षेत्रका परियोजनाभित्रको विषयवस्तुको शीर्षक, यसको छोटो परिचय, विषयवस्तुको छनोटको उद्देश्य र सान्र्दभिकता, जानकारी तथा सुचना संकलनको विधि, यसका सम्भावित स्रोतहरु तथा यसबाट प्राप्त तथ्य, तथ्यांकहरुको पूर्वाधार क्षेत्रमा महत्वबारे उल्लेख गर्ने ।

२. फेलोशिप लेख्ने विषयवस्तुहरु वातावरण, सुशासन, लैगिक समता र समावेशीता मुद्दामध्ये कुन विषयमा लेख्न खोजेको उल्लेख गर्ने । एक पूर्वाधार पत्रकारले एकभन्दा बढी विषयमा पनि प्रस्ताव पेश गर्न सक्नेछन् तर एक विषयमा एक मात्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

३. प्रस्तावित सामाग्रीका संकलन डेढ महिनाभित्र पूरा गर्नुपर्ने भएकोले यसको समयतालिकासहित प्रस्ताव गर्नुपर्नेछ ।

३. प्रस्ताव बढीमा दुई पेज हुनुपर्नेछ ।

प्रस्ताव पठाउने ठेगाना र इमेल

नेपाल पूर्वाधार पत्रकार समाज

फोन नं. ९८४१२९०४३९, ९८४३७०८०४९, ९८५१३२८४४४

इमेलः nepalsij@gmail.com    वेबसाइट wwwsijnepal.com.np